२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


योगदानरहित सामाजिक सुरक्षाको दायित्व दोब्बर

संघ, प्रदेश र स्थानीय सरकारका आ आफ्नै कार्यक्रम

221
Shares

काठमाडौं । सरकारले उपलब्ध गराउँदै आएको योगदानरहित सामाजिक सुरक्षाको दायित्व ३ आर्थिक वर्षमा लगभग दोब्बरले वृद्धि भएको छ । गत आर्थिक वर्षमा कुल बजेटको ६.७ प्रतिशत हिस्सा सामाजिक सुरक्षाका लागि छुट्याइएकोमा आगामी आवमा यो रकम ११ प्रतिशतभन्दा बढी भएको हो ।

सरकारले लोकप्रियताका लागि सामाजिक सुरक्षा पाउने नागरिकको दायरा बढाएपछि यसको लागत बढेको विज्ञको भनाई छ । चालु आर्थिक वर्षमा योगदानरहित सामाजिक सुरक्षा रकमको दायित्व भार ७.८ प्रतिशत रहेको छ ।

सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत हाल ७० वर्षमाथिको उमेर समूहका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएकोमा आगामी आर्थिक वर्षदेखि यसको दायरा बढाई ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई समेत सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गरेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।