काठमाडौ । लकडाउनको समय लम्बिदै गएपछि देशका विभिन्न जिल्लामा मजदुरी गर्नेहरु समस्यामा पर्दै गएका छन् ।
लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएपछी मजदुरहरु आफ्नो थातथलो फर्किदै छन् ।
कतिपय हिडेरै गन्तव्यमा पुगे भने पछिल्लो समय विभिन्न संस्थाहरुले उद्धार गरी सवारी साधनमा पठाउने गरेका छन् ।
बसमा जानेले पनि बाटोमा होटेल समेत बन्द रहेकोले श्रमिकहरु लामो दूरी भोकभोकै यात्रा गर्नु पर्ने अवस्था छन् ।
श्रमिकहरुको यही समस्यालाई मध्यनजर गर्दै ट्रेड युनियन कांग्रेसले आईतबार पनि तराई लगायत सुदुरपश्चिमका विभिन्न जिल्ला हिडेका करिब ६ सय भन्दा बढीलाई कलङ्कीमा निशुल्क खाना र पानी वितरण गरेको छ ।
यूनियनले बल्खु तरकारी बजारमा युनियनका कोषाध्यक्ष मोहन कुमार बस्नेतको नेतृत्वमा इम्ब्रोईडरी श्रमिक संघकी नेतृ अर्चना बस्नेत लगायतले खाना तयार गरी विभिन्न स्थानमा वितरण गर्दै आइरहेको छ ।
युनियनले आइतबार मात्रै होइन केहि दिन अगाडि देखि बल्खु, नयाँ बस पार्क, कोटेश्वर ,गङगबु , बालकुमारीमा दुई हजार भन्दा बढीलाई निशुल्क खानाको व्यवस्था गरेको ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुवरले जानकारी दिए ।
खाना वितरणमा यूनियनका महासचिव कुवर,कोषाध्यक्ष बस्नेत, स्थानीय कांग्रेस नेता महेश थापा , स्वास्थ्यकर्मी संघका सुदर्शन बस्न्यात, अर्चना बस्नेत र श्याम सेढाई लगायत उपस्थित थिए ।









प्रतिक्रिया दिनुहोस्