Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


काँग्रेस नेता डा. शेखर भन्छन्, ‘अजबको सरकार गजबको कानुन’


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले अहिले दोहोरो चरित्र देखाएको भन्दै पूर्व सचिवलाई थुनामा राख्ने तर संसद अपहरित भएको भन्दै जाहेरी दिन खोज्दा प्रहरी प्रशासनले मुद्दा दायर नगरेको घटना प्रति कटाक्ष व्यक्त गरेका छन् ।

डा. कोइरालाले सामाजिक सञ्जालमा लेख्दै अजबको सरकार गजबको कानुन भन्दै व्यङ्ग्य समेत गरेका छन् ।

डा. कोइरालाले पूर्व प्रधानमन्त्रीको साथमा अपहरित व्यक्ति स्वंय मूद्दा दर्ता गर्न जाँदा समेत लिन मान्दैन भने सर्वसाधारण जनताले कसलाई के विश्वास गर्ने भन्दै पश्न पनि गरेका छन् ।

डा.कोइरालाले लेखेका छन्, ‘सरकारको बिरोध गरेको भन्दै साईबर अपराधको मुद्दामा एक जना पुर्व सचिव प्रहरी हिरासतमा छन। तर, अर्को तिर पूर्वप्रधानमन्त्रीको साथमा अपहरित व्यक्ति आफै उपस्थित हुँदा पनी प्रहरी अपहरणको मुद्दा दर्ता गर्न मान्दैन।अजबको सरकार गजबको कानुन। अनी सर्वसाधारणले कस्लाई के बिश्वास गर्ने ?’

Skip This