
तनहुँ, बैशाख १४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण गरे ।
कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि सहयोग पुर्याउने उद्देश्यले भण्डारीले जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरे ।
सबै स्थानीय तहलाई गरी करिब ३ लाख रुपैया बराबरको पीपीई, थर्मलगन, स्यानिटाइजर, मास्क वितरण गरिएको भण्डारीले जानकारी दिए ।
भण्डारीले सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई भेटेर उक्त सामग्री वितरण गरे ।
प्रतिक्रिया दिनुहोस्