Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


कोसी ब्यारेजमा भारतीय अर्धसैनिक बल राख्न भारतको दबाब


0
Shares

काठमाडौं, साउन ३० । कोसी ब्यारेजमा सुरक्षा चुनौती देखाउँदै भारतीय अधिकारीले यहाँ आफ्ना अर्धसैनिक बल राख्न दबाब बढाएका छन् ।

इस्लामिक आतंकवादी संगठन लस्कर–ए–तोएबा, जैस–ए–मोहम्मद र पाक मुल इन्डियन मुजाहिद्दिनबाट सुरक्षा चुनौती रहेको भारतीय अधिकारीहरुको दाबी छ । ‘कोसी ब्यारेजलाई आतंकवादीबाट थ्रेट छ,’ बिहारको कोसी योजनाअन्तर्गत कोसी ब्यारेज प्रभाग प्रमुख रहेका प्रमुख इन्जिनियर विजयकुमार सिंहले भने, ‘नेपालका तर्फबाट दिइएको सुरक्षा पर्याप्त छैन ।’

उनले ब्यारेजको संरचना र आफूहरुसमेत थ्रेटमा रहेको दाबी पनि गरे ।

थ्रेट बढेकैले कोसी ब्यारेजको सुरक्षाका लागि भारतको केन्द्र सरकारले अर्धसैनिक बल राख्ने तयारी गरेको उनले खुलाए । –कान्तिपुर दैनिकबाट