काठमाडौं, साउन ३० । अन्तरजातीय बिहे गरेको निहुँमा बर्बर आक्रमण भएपछि भोजपुर अरुण गाउँका बासिन्दा न्याय माग्न सदरमुकाम आएका छन् ।
अरुण गाउँपालिका–४ चरम्बीको दलित बस्तीका मानिस न्याय माग्न सदरमुकाम आएका हुन् । चरम्बीका निशान नेपाली र सुस्मिता राईले प्रेम विवाह गरेपछि राई समुदायबाट दलितमाथि आक्रमण भएको हो ।
राई परिवारका तर्फबाट आएको समुहले दलित बस्तीमा पसेर बालबालिकादेखि बृद्धबृद्धासम्मलाई कुटपिट गरेको आरोप छ ।
घटनापछि दलित बस्तीका ९ परिवारका सदस्य सदरमुकाम आएर न्यायका लागि हारगुहार गरिरहेका छन् । –नागरिक दैनिकबाट




प्रतिक्रिया दिनुहोस्