Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची


156
Shares

काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज बुधबार पनि बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकहरुमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

बैठकमा भगवती न्यौपानेले ‘विनियोजन विधेयक २०७९ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भन्ने खर्च कटौतिको प्रस्ताव र सोनाम गोल्जेन शेर्पाले ‘विनियोजन विधेयक २०७९ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले “रेल्वे विधेयक, २०७९” र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले “कोभिड–१९ संकट व्यवस्थापन विधेयक, २०७८” सभा समक्ष पेश गर्नै कार्यसूची रहेको छ ।