२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


चिनियाँ पर्यटकले भने स्वदेश फर्कने व्यवस्था मिलाइदिनुस्


0
Shares

काठमाडौं, बैशाख १४ । चिनियाँ पर्यटकहरुले लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्ड पुगेका अलपत्र चिनियाँ पर्यटकले घर फिर्ता जान पाउनुपर्ने माग राख्दै प्लेकार्डहरु नै प्रदर्शन गरेका छन् । २५–३० जनाको संख्यामा रहेका चिनियाँ पर्यटकले ‘हामी घर जान चाहन्छौँ’ लेखिएका ब्यानर बोकेका थिए ।

चीन जानका लागि कुनै उडान नभएको र नेपाल छाड्न कुनै विकल्प नभएकाले अलपत्र परेको उनीहरुको भनाइ छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनीहरु नेपालमै रोकिएका हुन् । चीन सरकारले कोरोना फैलनसक्ने आशंकामा नेपालमा चार्टर उडानको अनुमति पनि दिन नचाहेकोले पहल गरिदिन उनीहरुले भनेका छन् ।

उनीहरुका अनुसार नेपालका विभिन्न ठाउँमा ४ सय भन्दा बढी चिनियाँ पर्यटक अलपत्र छन् ।