Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


गौरवका आयोजनामा बजेट घट्यो


65
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/ ०८० का लागि आयोजना हेरेर बजेट थपघट गरेको छ ।

बजेटको अभावमा आयोजना कार्यान्वयन हुन नसकेको गुनासो आएपछि सरकारले आयोजना हेरेर बजेट थपघट गरेको हो । सरकारले केही आयोजनामा देखिने गरी बजेट बढाएपनि केहीको बजेट कटौती गरिएको छ भने केहीमा सामान्य वृद्धि गरिएको छ । बजेट बढाउनु सकारात्मक भएपनि कुन आयोजनामा कति बजेट बढाइयो भन्ने कुरा महत्वपूर्ण हुने अर्थविद्हरू बताउँछन्।

सरकारले आगामी आर्थिक वर्षका लागि द्रुत मार्गमा सबै भन्दा धेरै बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा ८ अर्ब ७५ करोड रुपैयाँ बराबरको बजेट रहेको द्रुत मार्गलाई आगामी वर्षका लागि ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । आगामी तीन वर्षमा सम्पन्न गर्ने गरी सरकारले उक्त बजेट विनियोजन गरिएको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।