Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


कार्यक्रमको पहुँच ७०८ स्थानीय तहमा

प्रधानमन्त्री रोजगार कार्यक्रम

91
Shares

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्र्तगत विगत ४ वर्षमा लगभग ६ लाखले रोजगारी पाएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ देखि रोजगारीको हकलाई मौलिक अधिकारको रुपमा स्थापित गर्न कार्यन्वयनमा आएको यो कार्यक्रममार्फत ५ लाख ८२ हजारले रोजगारी पाएको तथ्यांक छ । पीएमईपीमार्फत विगत ४ वर्षमा वार्षिक औषत १ लाख ५० हजारले औषत ४५ दिनको रोजगारी पाएको देखिएको छ । यस अवधिमा सरकारले ३० अर्ब रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेको छ ।

विनियोजन गरेको मध्ये ६६ प्रतिशतको हाराहारीमा बजेट खर्च भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्दैशक एंव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले विपन्न बेरोजगारलाई राज्य नै बेरोजगारदाता बनी सामाजिक संरक्षण उपलब्ध गराउन न्यूनतम रोजगारीमा आवद्ध गराउने उद्देश्यसहित सो संख्यामा रोजगार कार्यक्रम सञ्चालन भएको बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।