३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


चीनमा कोरोना देखिएलगत्तै अमेरिकामा पनि फैलिएको अमेरिकी अनुसन्धानकर्ताहरुको दावी


0
Shares

एजेन्सी । अमेरिकाका धेरै शहरमा कोरोना भाइरस फैलिएको हुनसक्ने अुनमान गरिएको छ ।

न्युयोर्क टाइम्सले प्रकाशित गरेको अमेरिकी एक विश्वविद्यालयले गरेको अनुसन्धान प्रतिवेदन अनुसार अमेरिकामा कोरोनाका बिरामी देखा पर्नुअघि नै यसको महामारी फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकामा पहिलो पटक मार्च १ मा कोरोनाको पहिलो बिरामी फेला परेका थिए ।

त्यसअघि नै संक्रमण फैलिए पनि सर्वसाधारणले बेवास्ता गरेको प्रतिवेदनले औंल्याएको छ ।

कोरोनाको परीक्षण सुरु हुनुअघि नै विभिन्न शहरमा कोरोनाको संक्रमण भयावह अवस्थामा पुगिसकेको प्रतिवदेनमा उल्लेख छ ।

चीनमा कोरोनाको संक्रमण बढेसँगै फेब्रुअरीदेखि नै अमेरिकामा कोरोनाको संक्रमण देखिएको अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिकाका पाँच प्रमुख शहरहरुमा मार्च पहिलो हप्तासम्म २० जनामा मात्र कोरोना भएको पुष्टि भएको थियो ।

तर प्रतिवदनअनुसार सोही समयमा ती शहरमा करिब तीन हजार मासिन संक्रमित भएका थिए ।

पश्चिमी अमेरिकाको क्यालिफोर्निया राज्यको सान्टा क्लारा काउन्टीका स्वास्थ्य अधिकारीहरुका अनुसार वासिङ्टनको किर्कल्याण्डमा फेब्रुअरी २९ मा कोरोनाका कारण पहिलो संक्रमितको मृत्यु हुनुभन्दा तीन साताअघि नै एक जनाको मृत्यु भइसकेको थियो ।