३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


‘कोरोनाभाइरसको संक्रमण दोस्रोपटक नहुने भन्ने कुनै प्रमाण छैन’


0
Shares

काठमाडौं, वैशाख १३ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोनाभाइरसको संक्रमणबाट निको भएका व्यक्तिलाई पुनः कोरोनाभाइरस संक्रमण नहुने भन्ने कुनै प्रमाण नरहेको जनाएको छ ।

कोरोनाभाइरस संक्रमणबाट निको भएका र ‘एन्टीबडी’ लिएका व्यक्तिमा कोरोनाभाइरसको संक्रमण दोस्रोपटक नहुने भन्ने कुनै प्रमाण नरहेको डब्लुएचओले जनाएको हो ।

संक्रमण निको भएका व्यक्तिमा एन्टीबडी विकास हुने र त्यसले भाइरसलाई आक्रमण गर्ने हुँदा दोस्रोपटक संक्रमण नहुने विश्वास गरिँदै आएकोमा डब्ल्युएचओले तत्कालका लागि त्यस्तो कुनै प्रमाण नभेटिएको बताएको हो ।

साथै, कोरोनाभाइरसको संक्रमण र त्यसमा एन्टीबडी ‘रियाक्सन’बारे अझै अनुसन्धान भइरहेको डब्लुएचओले उल्लेख गरेको छ ।