
काठमाडौं । चीनले कोरोना भाइरसको उद्गम स्थल वुहानमा स्वतन्त्र अनुसन्धान गर्ने आग्रह अस्वीकार गरेको छ ।
बेलायतमा रहेका चिनियाँ उच्च कूटनीतिज्ञ चेन वेनले यस्ता माग राजनीतिक प्रेरित रहेको भन्दै यसले कोरोना महामारीविरुद्धको चीनको लडाईँलाई कमजोर पार्ने बताए ।
अमेरिका लगायत पश्चिमा मुलुकहरुले चीनमाथि कोरोना भाइरसको संक्रमण फैलिएपछि सुरुमै जानकारी नदिएको र नियन्त्रणका लागि पारदर्शी प्रक्रिया नअपनाएको आरोप लगाइंदै आएको छ ।
गत वर्षको डिसेम्बरमा चीनको वुहान शहर स्थित वेट मार्केटबाट कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान गरिर्दै आएको छ ।
यसैबीच युरोपियन युनियनको प्रतिवेदनमा पनि चीनले कोरोना भाइरससँग सम्बन्धित गलत सूचना प्रवाह गरेको आरोप लगाइएको छ ।
यस्तै रसियाले पनि गलत सुचना प्रवाह गरेको प्रतिवेदनले संकेत गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण र नियन्त्रणमा चीनले पारदर्शीता नपाएको आरोप लगाउंदै आएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्