
पाँचथर । जिल्लाको हिलिहाँङ गाउँपालिका–७ अन्र्तगत मध्यपहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
शुक्रबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक हिलिहाङ–४ का ३६ वर्षीय रमेश योङयाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
योङ्यालाई लोकमार्ग अन्तर्गत एक्चेप्पा भिरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो । उपचारको लागि जिल्ला अस्पताल पुर्याउने बित्तिकै डाक्टर उनलाई मृत घोषणा गरेका थिए ।
योङया बिहिबारै घरबाट सदरमुकाम फिदिम हिँडको परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्