२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना 


455
Shares

काठमाडाैं। हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे छ । अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

आज (शुक्रबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। साथै बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही  स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा समेत भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

शुक्रबार दिउँसो भने  प्रदेश-१,  मधेश प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भू-भागमा आंशिक बदली हुने भएकाे छ।साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

शुक्रबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली हुनेछ। त्यस्तै, बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुनेभएकाे छ।त्यस्तै, प्रदेश-१,  मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना हुने भएकाे छ ।

त्यस्तै,  प्रदेश-१ र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।