Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


लकडाउनमा पनि सरकार विरुद्ध नेविसंघको प्रदर्शन


0
Shares

काठमाडौं । लकडाउनको समयमा सामाजिक दुरी कायम राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

आज बिहान महाराजगञ्जमा संवैधानिक परिषद र दल विभाजन सम्बन्धि अध्यादेशको विरोधमा प्रदर्शन गरेको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

सरकारले ल्याएकोे अध्यादेश र पछिल्ला सरकारका गतिविधिको विरुद्धमा प्रदर्शन गरेको उनले बताए । 

विद्यार्थी नेताहरुले तिम्रो विधेयक चाहिदैन अस्थिरता ल्याउन पाइदैन, सर्वसत्तावाद मूर्दावाद लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा पूर्व केन्द्रीय सदस्य रत्नहरि ढुंगेल, नेताहरु रमेश बस्ताकोटी, नारायण हमाल, धर्म दिपक ओझा र धर्म फुलार लगायत थिए ।