Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


भूकम्पका कारण समस्यामा रहेकाको सहज जीवनको कामना गर्दछु : राष्ट्रपति भण्डारी


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पमा परी जीवन गुमाएकाको स्मरण गर्दै हालसम्म पनि समस्यामा रहेकाको सहज जीवनको कामना गरेकी छिन् ।

पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्प र त्यसपछिका भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाको पुनःनिर्माणमा उदाहरणीय काम गरेको स्मरण गरेकी छिन् ।

सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण तथा प्रभावितको पुनःस्थापनाका कार्यलाई अघि बढाएको छ ।

यसबीचमा करिब ५ लाख निजी आवास पुनःनिर्माण सम्पन्न हुनाका साथै करिब २ लाख निजी आवास पुनःनिर्माणको प्रक्रियामा छन् ।

भूकम्पबाट क्षतिग्रस्त भएका शैक्षिक संस्था, स्वास्थ्य संस्था, विश्व सम्पदामा सूचीकृत सम्पदालगायत अन्य सांस्कृतिक धरोहर, पुल, सडक, खानेपानी, सरकारी भवन, सुरक्षा निकायका भवनको पुनःनिर्माणमा पनि उल्लेखनीय उपलब्धि हासिल भएका छन् । ’ राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ ।