Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


जनता समाजवादीद्वारा नयाँ दल दर्ताबारे सभामुखलाई जानकारी


0
Shares

काठमाडौं, वैशाख ११ । दुई पार्टी एकीकरणपछि बनेको जनता समाजवादी पार्टीले सभामुख अग्निप्रसाद सापकोटालाई नयाँ दल दर्ता प्रक्रिया अघि बढेको जानकारी गराएको छ ।

बिहीबार बिहान निर्वाचन आयोगको कार्यालय खुल्नेवित्तिकै दल दर्ताका लागि पुगेका दुवै दलका नेताहरु निर्वाचन आयोगबाट सभामुख सापकोटालाई भेट्न गएका हुन् ।

सरकारले दल विभाजनका लागि खुुकुलो हुनेगरी राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि समाजवादी पार्टीमा विभाजनको खतरा बढेको थियो ।

हाल दुवै दलसँग संघीय संसदमा १७/१७ जना सांसद रहेका छन् ।