Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


हिडेरै सुदुरपश्चिम जान लागेको श्रमिकको ट्रेड युनियन कांग्रेसले गर्‍यो उद्धार, घर जान यातायातको व्यवस्था


0
Shares

 काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले बाटोमा अलपत्र श्रमिकहरुको उद्धार गरेको छ ।

यूनियनले दोलखा र रामेछापबाट हिडेरै सुदुरपश्चिम जान लागेका श्रमिकहरुको बल्खुबाट उद्धार गरेको हो ।

उनीहरुलाई यूनियनले निशुल्क खाना खुवाउनुका साथै घर फर्कन यातायातको व्यवस्था समेत गरिदिएको छ ।

रामेछाप र दोलखा जिल्लाका विभिन्न हाइड्रो पावर कम्पनीहरुमा ज्याला मजदुरी गर्न गएका ६० जना भन्दा बढी श्रमिकहरु लकडाउनमा फसेपछी सुदुर पश्चिम लगायत विभिन्न जिल्ला हिडेरै जाने सुरमा बुधबार बल्खुमा भेटिएका थिए ।

उनीहरु रामेछाप र दोलखाबाट हिडेरै काडमाडौं आइपुगेका थिए । लामो दुरीको हिडाईले श्रमिकहरुको दयनीय अवस्था रहेको खबर आएपछी ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले युनियनका महासचिव योगेन्द्र कुवर र कोषाध्यक्ष मोहन कुमार बस्नेतलाई समन्वय गरी सहयोग गर्न टेलिफोन गरेका थिए ।

बुटवल, दाङ, बाँके,कैलाली र डडेल्धुरा हिडेरै जान खोजेका श्रमिकहरुले यातायातको व्यवस्था गरिदिन यूनियनलाई आग्रह गरेका थिए ।

‘उहाँहरुले यातायातको व्यवस्था गरे मात्रै हुन्छ भन्नुभएको थियो महासचिव कुँवरले भने दयनीय अवस्था देखेपछि खानाको व्यवस्था पनि हामीले गरेका हौं ।’ 

उनीहरुलाई यातायातको व्यवस्था गरी हिजो नै गन्तव्यमा पठाइएको महासचिव कुँवरले बताए ।