Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


कसैले भन्दैमा संघीयता समाप्त हुँदैन : उपप्रधानमन्त्री यादव


0
Shares

काठमाडौं, साउन २९ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा संघीयताको विकल्प नभएको भन्दै कसैले भन्दैमा संघीयता समाप्त नहुने दाबी गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालमा संघीयता सुरुआतको अवस्थामा रहेको भन्दै यसलाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताए ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उनले संविधान संशोधन र संघीयता बचाउनका लागि आफू सरकारमा गएको जिकिर पनि गरे ।

सकारले जथाभावी कर लगाएको भन्दै उनले दोहोरो र जनतालाई मारपर्ने कर तत्काल हटाउनुपर्ने यादवको धारणा थियो ।