२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


हेटौंडामा सवारी दुर्घटनामा बाबु र छोरी दुवै जनाको मृत्यु


611
Shares

काठमाडौं । हेटौंडामा सवारी दुर्घटनामा बाबु र छोरी दुवै जनाको मृत्यु भएकाे छ ।

पूर्व–पश्चिम राजमार्गको अन्तर्गत हेटौंडा उपमहानगरपालिका पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामाा बाबु छोरीको मृत्यु भएको हाे । भारतबाट ग्याँस बोकेर आएकोे ग्याँस बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिंदा बाबु र छोरी दुवै जनाकाे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । घटनामा ५५ वर्षीय ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको हो ।

ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका दुवै जनालाई हेटौंडा अस्पतालमा पुर्याउने बित्तिकै मृत घोषणा गरेको अस्पताल स्रोतले जनाएको छ ।