Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


बालश्रम अन्त्यका लागि राज्यको भूमिका


65
Shares

काठमाडौं । आज जुन १२। बालश्रमविरुद्धको विश्व दिवस। हरेक अंग्रेजी वर्षको १२ जुनमा बालश्रमविरुद्धको विश्व दिवस मनाउदै आइएको छ। विशेषगरी बालबालिकालाई श्रममा लगाउनु हुँदैन भन्ने मान्यतास्वरूप यो दिवसलाई विभिन्न कार्यक्रम गरी मनाइन्छ। यो वर्ष पनि बालश्रम अन्त्यका लागि विश्वव्यापी सामाजिक सुरक्षा भन्ने नाराका साथ बालश्रमविरुद्धको विश्व दिवस मनाइएको छ।

राष्ट्रिय रूपमा तथ्यांक हेर्दा बालश्रमको संख्या घटेको देखिन्छ तर क्षेत्रगत रूपमा बालश्रमको संख्या बढी नै राखेको छ। आइएलओसँगको सहकार्यमा केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनले ५ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामध्ये ५३.३ प्रतिशत बालबालिका बालश्रमिकका रूपमा काम गर्ने देखिएको छ। सन २००८ मा गरिएको अध्ययनमा नेपालमा करिब २६ लाख बालबालिका श्रममा संलग्न देखिएको थियो। सोही डाटालाई आधार मान्ने हो भने पनि पछिल्लो अध्ययनले नेपालमा ११ लाख मात्रै बालश्रमिक रहेको देखाएको छ।

संख्यात्मक हिसावबाट बालश्रम घटेको नै देखिन्छ तर प्रदेशगत र क्षेत्रगत हिसावबाट हेर्दा बालश्रम घटेको पाइन्न। डाटा हेर्दा करिब २ लाख बालबालिका अझै जोखिमयुक्त श्रममा संलग्न रहेको देखिएको छ। अध्ययन अनुसार कुल बालश्रमिकमध्ये ९ लाख ३९ हजार बालबालिका अर्थात ८७ प्रतिशत बालबालिका कृर्षिमा श्रम गर्ने देखिएको छ भने बाकी गैरकृषिमा रहेका पाइन्छ। बालश्रमिकभित्र पर्ने १ लाख ९१ जना बालबालिका विद्यालय नै नजाने अध्ययनबाट देखिएको छ। सरकारले १७ वटा क्षेत्रलाई जोखिमयुक्त श्रमिक क्षेत्रका रूपमा पहिचान गरिसकेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।