Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


उपभोक्ताको हितका लागि कानुन कार्यान्वयनमा प्रतिवद्ध छु : महान्यायाधिवक्ता खाती


143
Shares

काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले आम उपभोक्ताको हितका लागि आवश्यक कानुन कार्यान्वयन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

महान्याधिवक्ता खातीले आम उपभोक्तामाथि बदमासी गर्नेहरूको तथ्य बाहिर ल्याउन सञ्चार माध्यमहरूलाई पनि आग्रह गर्नुभयो ।

सञ्चार माध्यामहरूले उपभोक्ता हित विपरीतका काम गर्नेहरूलाई बाहिर ल्याउन सके उनीहरूमाथि कारबाही गर्न सरकारलाई सहज हुने उहाँको भनाइ थियो ।

नेपाली उपभोक्ता संरक्षण महासंघ, वागमती प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आम उपभोक्ताको हितलाई संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

महान्यायाधिवक्ता खातीले आम उपभोक्तालाई आफ्नो अधिकारप्रति सचेत गराउन गाउँ–गाउँमा अभियाननै सञ्चालन गर्न जरुरी रहेको पनि बताउनुभयो ।