Logo २ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026


कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै


91
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम आज ( मंगलबार) ल्याउने भएकाे छ ।

अधुरा आयोजनाकाे कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यसपटक भने बजेट घटाएर ल्याउने तयारी गरेको हो। बजेट घटेर आउने हुँदा नयाँ योजनामा बजेट जाने सम्भावना कम भएको कर्णाली प्रदेश सरकारकाे आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले आगामी वर्षमा नयाँ र दीर्घकालीन महत्वका आयोजनाकाे प्रस्ताव गर्दा विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययनको आधारमा बहुवर्षीय आयोजनाको रुपमा स्वीकृत गरी कार्यान्वयन गर्ने नीति लिएको छ ।