Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


काठमाडौं देशकै राजधानी जस्तो बन्न सकेनः जीवनराम श्रेष्ठ


104
Shares

काठमाडौंः नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले काठमाडौं देशकै राजधानी जस्तो बन्न नसकेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद श्रेष्ठले यस्तो बताउनुभएको हो ।

देशकै अनुहार मानिने राजधानी काठमाडौंको सुन्दरता, व्यवस्थापन, वातावरण नियालेर विदेशीले नेपालबारे मनस्थिति बनाउने भन्दै उहाँले भन्नुभयो, ‘काठमाडौंलाई राजधानी जस्तो बनाउन, राजधानीबाटै प्रधानमन्त्री बन्नुपर्ने हो कि ?, महत्वपूर्ण मन्त्री बन्नुपर्ने हो कि ? सरकारको ध्यान राजधानी बनाउन किन ध्यान जाँदैन ?’

काठमाडौंलाई बस्नयोग्य, हेर्न योग्य, घुम्न योग्य राजधानी बनाउनुपर्ने भन्नुहुँदै उहाँले यसका लागि योजना ल्याउन माग गर्नुभयो ।

काठमाडौंमा फ्लाइओभर, अन्डरपास बनाउने योजना कार्यान्वयन नभएको भन्नुहुँदै सांसद श्रेष्ठले सम्पदा, संस्कृति र सभ्यताको सहर काठमाडौंको विकासलक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।