Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


बजेट कार्यान्वयनका लागि तीनै तहको सरकार एउटै दिशामा सञ्चालन गर्नुपर्छ : उर्मिला अर्याल


0
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न तीनै तहको सरकार एउटै दिशा निर्देशमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफलमा सहभागी हुँदै सदस्य अर्यालले पालिका स्तरमा नै दिगो विकास लक्ष्य १५औं योजना पालिकास्तरमा नै स्थानान्तरण गर्नुपर्ने बताउनुभयो ।

‘बजेट कार्यान्वयन संघ र प्रदेश, पालिकाहरूको कार्यक्रम, कार्यान्वयन समन्वय संयन्त्र बनाएर तीनै तहको एउटै दिशा निर्देशमा सञ्चालन गर्नुपर्ने देखिन्छ,’ उहाँले भन्नुभयो, ‘पालिका स्तरमा नै दिगो विकास लक्ष्य १५औं योजना पालिकास्तरमा नै स्थानान्तरण गर्नुपर्छ ।’

अर्यालले मुस्ताङ लगायतका हवाई क्षेत्रमा उडानलाई सुरक्षित बनाउन अनुगमन र नियमन गर्न आवश्यक रहेको बताउनुभयो ।