२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


लाङटाङ दूत सिलवाल ‘गाउँ पर्यटन’ सल्लाहकार नियुक्त


117
Shares

काठमाडौं । लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल (भिटोफ) ले सल्लाहकार नियुक्त गरेको छ ।

पत्रकारिता र पर्यटनमा पनि उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले मानवविहीन बनेको लाङटाङमा पहिलो पत्रकारको रुपमा पैदलै त्यहाँ पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए । टुर–ट्रेकिङ गाइडिङमा समेत सक्रिय सिलवाल पदयात्रा प्रशिक्षक समेत हुन् । उनका विभिन्न कृति पनि प्रकाशित छन् ।