Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


फोहोरको व्यवस्थापन नभएसम्म सेलिब्रेसन गर्दैनाैँ


390
Shares

काठमाडौं । जोजलपा! जी बालेन शाह…भन्दै काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले सोमबार आयोजित सपथ ग्रहण कार्यक्रममा नेपाल भाषामा समेत सपथ लिँदा हलमा तालीको गडगडाहट सुनियो । चुनावमा रैथाने नेवार समुदायको समेत उल्लेख्य मत पाएका शाहले नेपाली भाषासँगै नेपाल भाषाको पनि सम्मान गर्दै सपथ लिँदा उक्त समुदायको मतसँगै मन पनि जिते ।

‘सुनमा सुगन्ध, सपथ होउन त बालेन को जस्तो। महानगर पालिका को मत मात्र जितेनन् मन पनि जितिहाले,’ बालेनको सपथपछि सुरेश थापा श्रेष्ठ सामाजिक सञ्जालमा लेख्छन्,‘ यको यको सफलता या भिन्तुना दे छाय्। शुभाय् ।’

काठमाडौं जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नेपालीमा सथप गराएलगत्तै शाहले उपप्रमुख पदमा निर्वाचित सुनिता डंगोललाई पनि सपथ ग्रहण गराएका थिए । नेपाली भाषामा बालेनले सपथ गराउँदै गर्दा डंगोलले पनि नेपाल भाषामै सपथ ग्रहण गरेको दृश्य पनि निकै रोचक देखिन्थ्यो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।