Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


नागरिक लगानी कोषका सेवाग्राहीलाई ब्याजमा छुट


0
Shares

काठमाडौं, वैशाख ४ । ‘कोभिड—१९’ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नागरिक लगानी कोषले सेवाग्राहीलाई ब्याजमा छुट दिने भएको छ ।

कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवास, सरल तथा शैक्षिक कर्जामा सहभागीहरुलाई २०७७ असारभित्र ब्याज रकम बुझाउनेलाई १० प्रतिशतसम्म छुट दिने जनाएको हो ।

२०७६ चैतदेखि २०७७ असारसम्मको ब्याज २०७७ असारभित्र बुझाएमा सो अवधिमा पाकेको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरिएको कोषले जनाएको हो ।

कोषको सञ्चालक समितिको बिहीबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड—१९ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरेको जनाएको छ ।

यसैगरी, कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोनाभाइरसबाट संक्रमित भइ मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्तिवापत् दुई लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको पनि कोषले जनाएको छ ।