
काठमाडौं, वैशाख ४ । चीनले भारतलाई कोरोनाभाइरसको परीक्षणका लागि अत्यावश्यक मेडिकल सामग्री सहयोग गरेको छ ।
जसमा ‘र्यापिड एन्टीबडी टेस्ट’ र ‘आएनए एक्स्टेन्सन किट’सहित ६ लाख ५० हजार मेडिकल किट रहेको भारतीय अधिकारीहरुले बताएका छन् ।
उक्त सामग्रीसहितको विमान चीनको ग्वाङझाओबाट उडिसकेको र शुक्रबार बिहानसम्ममा भारत पुग्ने छ ।
चीनले पछिल्लो समय कोरोनाभाइरसको महामारीसँग जुधिरहेका विभिन्न देशहरुलाई मेडिकल सामग्रीहरु सहयोग गर्दै आइरहेकोमा बिहीबार भारतलाई सहयोग गरेको हो ।
यसअघि, इटाली, फ्रान्स, बेलायतले चीनबाट स्वास्थ्य सामग्री सहयोगस्वरुप पाइसकेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्