१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


भारतको तबलिगी जमात प्रमुख मौलाना साद र उनका ६ सहयोगी पक्राउ


0
Shares

काठमाडौं, वैशाख ४ । भारतको तबलिगी जमातका प्रमुख मौलाना साद र उनका ६ सहयोगीलाई पक्राउ गरिएको छ ।

भारतमा ‘लकडाउन’ घोषणा भएपछि पनि तबलिगी जमात गरेको र सोही जमातबाट भारतमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि सुरक्षाकर्मीले उनको व्यापक खोजी गरिरहेको थियो ।

पक्राउ परेका मौलाना सादबारे अनुसन्धान थालिने र यसमा दोषी भेटिए उनीहरूलाई कानुनअनुसार १० वर्षसम्म कैद हुने भारतीय अधिकारीहरुले जनाएका छन् ।

उनीहरुलाई जमातमा उपस्थित भएकाहरुको नाम र ठेगाना दिनलाई भनिएको छ भने यसका साथै उनीहरूलाई लकडाउनबीच पनि जमात जारी राख्नुको कारण खुलाउन भनिएको छ ।

यसका साथै प्रहरीले जमातमा सहभागी एक हजार ८९० विदेशीको खोजी गर्न ‘सर्कुलर’ जारी गरेको छ । (एजेन्सी)