Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


पुँजीगत बजेट कटौती, महत्वाकांक्षी सपना


117
Shares

काठमाडौं । स्रोत संकुचनका बीच आएका आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा सरकारले झण्डै २ प्रतिशतले पुँजीगत बजेट कटौती गरेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ का लागि कुल बजेटको झण्डै २३ प्रतिशत पुँजीगत बजेट विनीयोजन गरेको सरकारले आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च कटौती गर्दै आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च कटौती गर्दै २१.२ प्रतिशतमा झारेको हो ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैँया बराबरको बजेट विनियोजन गरिएको जनाएका छन् । तर, उनले गरेको बजेट भाषणमा पुँजीगत खर्चमा भने सरकारले कन्जुस्याइँ गरेको देखिएको छ ।

सरकारले आगामी वर्षका लागि ३ खर्व ८० अर्व रुपैँया बराबरको पुँजीगत खर्च विनियोजन गरेको छ, जुन चालु आर्थिक बजेटको तुलनामा २ अर्वले बढि भएपनि कुल बजेटको तुलनामा २ प्रतिशतले कम हो । सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ७८ अर्ब रुपैयाँको पुँजीगत बजेट विनियोजन गरेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।