Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


स्वास्थ्यमा अघिल्लो वर्षभन्दा बजेट कम


104
Shares

काठमाडौं । सरकारले अघिल्लो बजेटको तुलनामा स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको छ। संविधानले शिक्षा, स्वास्थ्यसहितका क्षेत्रलाई मौलिक हकका रूपमा उल्लेख गरे पनि सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको हो।

सरकारले आइतबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रमा विनियोजित उक्त बजेट संघ, प्रदेश र स्थानीय तहका लागि हो। जसअनुसार संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड बजेट छुट्याइएको छ।

चालु आर्थिक वर्षमा स्वास्थ्यतर्फ १ खर्ब ३५ अर्ब विनियोजन गरिएको थियो। चालु आर्थिक वर्षको तुलनामा नयाँ आर्थिक वर्षको बजेट कम भएको तथ्यांकले औंल्याएको छ। नयाँ स्वास्थ्य बजेट कुल बजेटको ७.२ प्रतिशत हुन आउँछ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।