Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


नाइजेरियामा एक चर्चमा भागदौड मच्चिंदा ३१ जनाको मृत्यु


156
Shares

काठमाडौं । नाइजेरियाको एउटा चर्चमा भएको परोपकारी कार्यक्रममा भागदौड मच्चिंदा ३१ जना मानिसको मृत्यु भएको छ।

नाइजेयरियाको दक्षिणी क्षेत्रमा रहेको पोर्टोहार्टकोर्ट चर्चमा कार्यक्रमकाबीच खाना खानका लागि एउटा गेट तोडेर जाने क्रममा भागदौड मच्चिएको हो । सो चर्चमा खाना खाने व्यवस्था गरिएको स्थलमा एउटै गेट भएका कारण भागदौड मच्चिएको थियो। सो चर्चमा हुने कार्यक्रमका लागि दुई दिन अघिदेखि मानिसको लाइन लागेको थियो।

शपफरफ्री नाम दिइएको यो कार्यक्रम नाइजेरियाम वर्षेनी आयोजना गर्ने गरिएको छ। साथै घटनामा थुप्रै मानिस घाइते भएकाे जनाइएकाे छ।

घाइतेहरुको अवस्था गम्भीर भएका कारण मृतकको संंख्या बढ्न सक्ने अनुमान गरिएको छ।