Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


कोरोना त्रासले किसान मारमाः दूध जन्य वस्तुको खपत ८० देखि ९० प्रतिशत घट्यो


0
Shares

पाल्पा । सरकारले लकडाउन घोषणा गरेसँगै पाल्पामा दूध जन्य वस्तुको खपत ८० देखि ९० प्रतिशत कम भएको छ ।

जिल्लाको विभिन्न स्थानमा सञ्चालन हुँदै  आएका दुई सय बढी पशु फार्मका कृषकहरुलाई व्यवसायिक रुपमा घाटा भएको छ ।

पाल्पाबाट दैनिक रुपमा ५० हजार लिटर भन्दा बढी दूध उत्पादन हुने गरेको छ । पाल्पामा उत्पादित दूध स्थानीय बजारदेखि पोखरासम्म खपत हुने गरेको व्यवसायीहरुले बताएका छन् ।

लकडाउनले गर्दा अहिले दैनिक रुपमा फर्ममा काम गर्र्ने कामदारुलाई समेत ज्याला दिन अफ्ठेरो भएको किसानहरुले गुनासो गरेका छन् ।

लकडाउन लम्बिँदै जाँदा पशुका लागि आवश्यक दाना तथा औषधिको समेत अभाव हुन थालेको छ ।

लकडाउन बढ्दै गए दूध फाल्ने अवस्था पुग्न सक्ने भन्दै किसान चिन्तित भएका छन् ।