काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को आय- ब्यय वितरण आइतबार सार्वजनिक गर्न लागेको गठबन्धन सरकार चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा भने पूर्णत: असफल देखिएको छ ।
जेठ मध्यसम्मको तथ्यांकलाई आधार मान्दा चालू आवमा सरकारले बजेटमा राखेका कुनै पनि लक्ष्य हासिल गर्ने देखिएको छैन् । असुली , पुँजगत खर्च, वैदेशिक ॠण र अनुदान प्राप्ति , चालू खर्चमा मितव्ययिता गर्ने लगायतमा राखिएको लक्ष्य हासिलमा सरकार असफल देखिएको छ । यसै कारण यो वर्ष आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यमा पनि सरकार चुकेको छ।
सरकारले बजेटमा यो वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने भनेको थियो ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्