Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


वितरणमुखी बजेट आउँदै


1.2k
Shares

काठमाडौं । स्रोतको दबाबकाबीच सरकारले वितरणमुखी बजेट ल्याउने तयारी गरेको छ ।

आर्थिक क्षेत्रमा परेको दबाबले राजस्व खुम्चिने सम्भावनाका बाबजुद चुनावी आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले वितरणमुखी बजेट ल्याउने तयारी गरेको हो । संविधानमा नै १५ जेठमा संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट पेश गर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट पेश गर्दै छन् । चुनाव नजिकिंदा सरकार वितरणमुखी बजेट ल्याउँदै छ भने सरकारको आम्दानी भने घटेको छ ।

कोभिड महामारीपछि आयातमा अत्याधिक वृद्धि हुँदा त्यसले विदेशी विनिमय सञ्चितिमा पारेको दबाबलाई कम गर्न सरकारले आयातमा कडाई गरेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।