Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


अत्यावश्यक सवारी पासको दुरुपयोग भएपछि प्रहरीले गर्‍यो चेकजाँचमा थप कडाइ, सयौं सवारीसाधन नियन्त्रणमा


0
Shares

काठमाडौं । लकडाउनका बेलामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको पासको दुरुपयोग भएको भन्दै महानगरीय प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

अत्यावश्यक काम बाहेक बाहिरा हिडडुल नगर्न सरकारले जारी गरेको लकडाउनका क्रममा पासको दुरुपयोग भएपछि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरेको हो ।

चेकजाँचकै क्रममा आज बिहानै सयौं सवारीसाधनहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको पासको समेत दुरुपयोग भएको भन्दै मृत्यु संस्कार, मलामी र स्वास्थ्य उपचारका लागि मात्र सवारी साधनको पास उपलब्ध गराउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा भीडभाड बढी भएको भन्दै गृहमन्त्रालयले ईपासको व्यवस्था गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।