Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


बालेनको काँधमा काठमाडौं


221
Shares

काठमाडौं । पुराना र चल्तीका राजनीतिक दलका क्रियाकलापबाट आजित काठमाडौं महानगरका मतदाताले ३० वैशाखमा सम्पन्न स्थानीय तथहको निर्वाचनको मतदान मार्फत जनविद्रोह गरेका छन्।

काठमाडौंका मतदाताले राजनीतिक दलका उम्मेदवारलाई पाखा लगाउदै गैरराजनीतिक रुपमा महानगरको प्रमुख पदमा उम्मेदवारी दिएका बालेन्द्र साह बालेन लाई काठमाडौंको नेता चुनेका छन्।

काठमाडौं महानगरका मतदाताको यो मताधिकारको निर्णयसँगै महानगरको नेतृत्व स्वतन्त्र उम्मेदवार बन्दै निर्वाचित बनेका ३२ वर्षे बालेनको काँधमा पुगेको छ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।