Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने नवनिर्वाचित मेयर बालेनकाे प्रतिवद्धता


1.1k
Shares

काठमाडौं । काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।

निर्वाचन आयोगले आज (शुक्रबार) बिहान काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएको औपचारिक रुपमा घोषणा गरेकाे हाे। आयोगले घोषणा गरे लगत्तै मेयरमा विजयी हुनुभएका बालेन साहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने प्रतिवद्धता जनाउनुभयाे।

निर्वाचन मत परिणामलाई आफूले एउटा सुरूआतको रूपमा लिएको बताउदै मत परिणामलाई विजय भन्दा पनि आफूहरुको एजेण्डा लागू गर्ने सुरूआत भएको उहाँकाे तर्क छ। काठमाडौं महानगरपालिका परिवारको रूपमा रहेको बताउदै उहाँले यो सधैभरी परिवार नै रहने दावी गर्नुभएकाे छ। मेयरमा विजयी भएको घोषणापछि अहिले बालेन साहका समर्थकहरुले धन्यवाद र्याली समेत निकालेका छन्।

राष्ट्रिय सभागृहबाट मेयरमा विजयी हुनुभएका साहलाई खुला गाडीमा राखेर निकालिएको र्याली शहरका विभिन्न भागको परिक्रमा गरेपछि खुलामञ्चमा पुगेर धन्यवाद ज्ञापन सभामा परिणत गर्ने तयारी गरिएकाे छ ।

Skip This