Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


आधिकारिक उम्मेदवारका विपक्षमा प्रचारप्रसार गर्ने कांग्रेसका ८ जना पार्टी सदस्यबाट निलम्बित


1.3k
Shares

गुलरिया । बर्दियामा निर्वाचन आधिकारिक उम्मेदवारका विपक्षमा प्रचारप्रसार गर्ने ८ जनालाई नेपाली कांग्रेसले पार्टी सदस्यबाट निलम्बन गरेको छ।

स्थानीय तहकाे निर्वाचन २०७९ मा निर्वाचनको समयमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारका विरुद्धमा पार्टीको आदर्श, मूल्य, मान्यता, नीति, उदेश्य तथा आचारसंहिता विरुद्धको कार्यगरि नेपाली कांग्रेस पार्टीको विधानको उल्लंघन गरि प्रत्यक्ष रुपमा विरोध गरि पार्टीका आधिकारिक उम्मेदवारका विपक्षमा प्रचारप्रसार गर्ने ८ जनालाई निलम्बन गरिएको हो।

सम्बन्धित स्थानीय तहका उम्मेदवारहरुको राय समेत संकलन गरी आएको आधारमा राजापुर नगरपालिकाबाट भोजराज जोशी र रमन कुमार रेग्मी, ठाकुरबाबा नगरपालिकाबाट मक्कुराम थारु र पर्ना थारु , गुलरिया नगरपालिकाबाट ईन्द्रकुमार यादव , बिर बहादुर चौधरी र शोभाकान्त पौडेल तथा बढैयाताल गाउँपालिकाबाट गोपी प्रसाद पराजुलीलाई निलम्बन गरिएको छ।

नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित)को दफा ३४ को ४(ख) बमोजिम पार्टीको सदस्यबाट निलम्बन गरिएको व्यहोरा केन्द्रीय सभापति, केन्द्रीय अनुशासन समितिका सभापति, लुम्बिनी प्रदेश सभापतिलाई जानकारी पठाइएको नेपाली कांग्रेस अनुशासन समिति, बर्दियाका संयोजक जग्गा प्रसाद पाण्डेले बताउनुभयाे।