११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी


234
Shares

काठमाडौं । बर्दियाको राजापुर नगरपालिका मेयर र उपमेयरमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् ।

मेयरमा माओवादी केन्द्रका दिपेश थारू तथा उपमेयरमा माओवादी केन्द्रकी मनकला कुमारी चौधरी विजयी भएका हुन् ।

थारू नौ हजार ८०७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगेसका दीपकजङ्ग शाहले नौ हजार ७६० मत प्राप्त गर्नु भएको छ ।

यस्तै, उपमेयरमा माओवादी केन्द्रकी चौधरीले १० हजार ८६ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी कांगेसकी यशोदा थारूले १० हजार ४५ मत प्राप्त गर्नुभएको छ ।

सोही नगरपालिकाको १ नम्बर वडा अध्यक्षमा कांग्रेसका बावुराम चौधरी, २ नम्बर वडा अध्यक्षमा कांग्रेसका राम चन्द्र चौधरी, ३ नम्बर वडा अध्यक्षमा माओवादी केन्द्रका प्रसाद थारु, ४ नम्बर वडा अध्यक्षमा माओवादी केन्द्रका विदुर पोखरेल, ५ नम्बर वडाअध्यक्षमा स्वतन्त्रका रमेश चौधरी, ६ नम्बर वडा अध्यक्षमा माओवादी केन्द्रका असराज न्यौपाने, ७ नम्बर वडाअध्यक्षमा नेकपा एमालेका रामु थारु, ८ नम्बर वडाअध्यक्षमा माओवादी केन्द्रका राजेश थारु, ९ नम्बर वडाअध्यक्षमा कांग्रेसका विष्णु प्रसाद थारु र १० नम्बर वडाअध्यक्षमा माओवादी केन्द्रका शिव लाल थारु विजय हुनु भएको छ ।