काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना तयार गर्दै फुटपाथ विस्तार गर्ने भएको छ ।
मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले उपत्यकाको बाहिरी चक्रपथको निर्माणलाई अघि बढाउने भएको छ ।
शहरहरुमा फोहारमैलाको व्यवस्थिन गर्न स्थानीय तहसम्मको समन्वय गरिने सरकारको नीति छ । उपत्यकाका सडकलाई पैदलयात्री मैत्री बनाउन फुटपाथ विस्तार गरिने राष्ट्रपति भण्डारीले बताउनुभयो ।
यस्तै चक्रपथ बाहिर र अरनिको राजमार्ग क्षेत्रमा मेलम्ची खानेपानीको लागि पाइप विस्तार गरिने सरकारले जनाएको छ । ढल प्रशोधनका लागि स्थानीय तहसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्