काठमाडौं । सरकारले कपिलवस्तुको तिरौलाकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने भएको छ ।
मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले तिरौलाकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्र्ने बताउनुभयो ।
यस्तै सरकारले हराएका सम्पदाहरूलाई नेपाल भित्र्याउन पहल गरिने पनि जनाएको छ । आर्थिक वर्ष २०८०/८१ देखि सुरु हुनेगरी नीजगढ विमानस्थलको निर्माण गर्ने सरकारको नीति छ ।
नेपालमा उडान गर्न चाहने थप विमान कम्पनीहरूलाई उडानका लागि प्रोत्साहन गरिने नीति लिएको सरकारले भारतसँग थप हवाई रुटको लागि पहल गर्ने भएको छ ।
यस्तै, सरकारले पूर्वपश्चिम राजमार्गलाई एसियन हाइवेको रुपमा विस्तार गर्ने र ८ सय किलोमिटर सडक निर्माण र २ सय किलोमिटर सडक स्तरोन्नति गरिने सरकारले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्