२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


नेपालमा औद्योगिक ग्राम बनाउन आग्रह


234
Shares

काठमाडौं । नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ ।

पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो । नेपालका लागि मलेसियाका चार्ज डि अफेयर्स मोद फजले बिन अवु हसनसँग भेटवार्ता गर्दै अध्यक्ष मल्लले मलेसियाको लगानी सुनिश्चितताका लागि आफूहरूले पहल गर्ने बताए। “नेपाल र मलेसियाबीच श्रमको क्षेत्रमा उच्चस्तरीय सहकार्य हुँदै आएको छ ।

रेमिट्यान्स भित्र्याउने दृष्टिकोणले पनि मलेसिया नेपालको उत्कृष्ट गन्तव्य बनेको छ” अध्यक्ष मल्लले भने, झण्डै ४ लाख नेपाली युवा मलेसियामा राेजगारीमा छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।