
काठमाडौं । उल्फ एयर मास्क नामको किटाणुनासक उपकरण नेपाली बजारमा भित्रिएको छ ।
कोरोना लगायतका भाइरसलाई नष्ट गरी शुद्ध हावा प्रवाह गर्ने दाबीका साथ भारतमा निर्मित उल्फ एयर मास्क उपकरण नेपाली बजारमा पनि बिक्री वितरण थालिएको हो ।
प्लानेट हेल्थ प्रा.लि.ले हालै एक कार्यक्रम गरी यस उत्पादनको बजार प्रवेश गराएको हो ।
पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी तयार गरिएको यो उपकरण महामारी रोकथामका लागि प्रभावकारी हुने कम्पनीको दाबी छ ।
यसलाई एयर कन्डिसनरका रुपमा प्रयोग गर्दा हावामा भएका किटाणु ९९ प्रतिशतसम्म नष्ट गर्ने कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्