३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


लिबियामा सरकारी र विद्रोही सेनाबीच तनाव, तेल उत्पादनमा संकट


0
Shares

काठमाडौैं । लिबियाको सरकारले सेनाका पूर्व कमाण्डर खालिफा हफ्तर समर्थित सेनालाई निस्कासन गरेपछि तनाव उत्पन्न भएको छ ।

सेनाले हफ्तर समर्थित सेनालाई निस्कासन गरेसँगै राजधानी त्रिपोली र ट्युनिसियाको सीमा नजिकै रहेका तीनवटा तटीय शहरहरु नियन्त्रणमा लिएको छ ।

सन् २०११ मा मुहम्मर गद्दाफी मारिएसँगै लिबियामा तनाव उत्पन्न भएको छ । राजनीतिक अस्थिरतका कारण लिबियामा तेल उत्पादनमा असर परेको बताइएको छ ।

सरकारी र विद्रोही सेनाबीचको टकरावका कारण फेरि गृहयुद्ध हुनसक्ने आशंका गरिएको छ ।

गत सोमबार उक्त क्षेत्रमा सरकारी सेनाले विद्रोहीका दुईवटा विमानमा गोली हानी ध्वस्त पारेका थिए ।

उक्त हमलामा नौ जना सरकारी सेना र ३० जना विद्रोही मारिएका थिए । यता संयुक्त राष्ट्रसंघले युद्ध अन्त्यका लागि सन् २०११ देखि गरेका प्रयास असफल भएका छन् ।

सन् २०११ मै राष्ट्रसंघले हतियारमाथि लगाएको प्रतिवन्धको बारम्बार उल्लंघन भइरहेको समाचारमा जनाइएको छ । (एजेन्सी)