१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


कैलालीको धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल र उपमेयरमा एमाले विजयी


780
Shares

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना विजयी भएका छन् ।

आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बन्नु भएको हो ।

हमालले २६ हजार ८६५ मत प्राप्त गर्नुभएको हो । निवर्तमान मेयर समेत रहेका वडले १४ हजार ८१७ मत पाउनुभयो ।

धनगढीको उपमेयरमा भने नेकपा एमालेकी कन्दकला कुमारी राना निर्वाचित हुनु भएको छ । रानाले १५ हजार ४७९ मत प्राप्त गरेर जित हासिल गर्दा नेपाली कांग्रेसकी उम्मेदवार शान्तिकुमारी अधिकारी क्षेत्रीले १२ हजार ६७० मत प्राप्त गर्नुभयो ।