
काठमाडौं । चीनमा पांच साता भन्दा लामो समयपछि पहिलो पटक कोरोनाभाइरसका १ सय ८ नयाँ संक्रमित फेला परेका छन् ।
यो पाँच साताभन्दा लामो समयपछिको सबै भन्दा उच्च संख्या हो । संक्रमित मध्ये धेरैजसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ ।
यस्तै आधाभन्दा बढी मानिस रुससँग सीमा जोडिएको उत्तरी प्रान्त खेलुङजियाङका रहेका छन् ।
कोरोना भाइरसको पहिलो पटक संक्रमण देखिएको हुबे प्रान्तमा नयाँ संक्रमितको संख्या भने निकै कम रहेको छ ।
त्यहां कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । चीनभर अहिलेसम्म ८२ हजार १ सय ६० जना संक्रमित छन् भने ३ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ ।
उता कोरोनाका कारण धेरै संक्रमित रहेका युरोपेली मुलुकहरूमा दैनिक मृत्यु हुनेमा सुधार देखिएको छ ।
इटलीमा तीन हप्ता यता सबैभन्दा कम, ४ सय ३० जनाको मृत्यु भएको छ । यो संख्या दुई हप्ताअघिको भन्दा आधाले कम हो ।
यस्तै फ्रान्समा पनि मृत्यु हुनेहरूको संख्या थोरैले कम देखिएको छ ।
यसैबीच न्यूयोर्कका गर्भनर एन्ड्रिउ कोमोले अस्पतालहरुमा कोरोना संक्रमित भर्ना हुने दर कम भएको र संक्रमणको उच्च विन्दु नजिकिएको बताएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्