काठमाडौं । एक मोडल युवतीमाथि भएको बलात्कार प्रकरणमा सडक र सदन एकातिर तथा सेलिब्रेटीहरू अर्कोतिर देखिएका छन् ।
आठ वर्षअघि आफूमाथि भएको बलात्कारको घटनालाई सामाजिक सञ्जालको भिडियो बयानमार्पmत सार्वजनिक गरेपछि सो घटनालाई लिएर सडकदेखि सदनसम्म तातेको छ ।
ती मोडल युवतीले १६ वर्षको उमेरमा ब्युटी कन्टेस्टका आयोजक तथा नयाँ बानेश्वरस्थित थापागाउँको मोडल ग्लोबल भिसाज कन्सलटेन्सीका सञ्चालक मनोज पाण्डेले मिस ग्लोबल इन्टरनेसनल २०१४ नामक प्रतियोगितामा सहभागी हुन लगाएको तथा त्यस अवसरमा पाँचतारे होटल एभरेस्टमा सक्सेज पार्टी आयोजना गरी झुक्याएर नशालु पदार्थ सेवन गराई बलात्कार गरेको टिकटकमा भिडियो पोस्ट गरी जानकारी गराएकी थिइन् ।
फस्ट रनर्सअप भएका कारण आयोजक पाण्डेले सक्सेज पार्टीमा बोलाएको र लामो समयसम्म पार्टी शुरू नभएको, पाण्डेले दिएको नशालु पदार्थ मिसाइएको लमोनेट पिएका कारण शारीरिक रूपमा असहज भएकाले पाण्डेकै सल्लाहमा सहभागीहरूलाई आराम गर्न व्यवस्था गरिएको भनिएको सोही होटलको कोठामा गएर आराम गर्दा बेहोस अवस्थामा आफूलाई बलात्कार गरेर भिडियो बनाई त्यही भिडियो सार्वजनिक गरिदिने धम्की दिएर लगातार ६ महिनासम्म बलात्कार गरेको उनले टिकटक भिडियोमा जानकारी गराएकी छन् ।
यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्